जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए ।
यसअघि तत्कालिन राजपा नेपालको संसदीय दलले आफूहरुको माग अनुसार प्याकेजमै संविधान संशोधन नभए सरकारले ल्याएको संशोधन विधेयकको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । तर तत्कालिन समाजवादी पार्टी खासगरि सो पार्टीका नेता डा।बाबुराम भट्टराईले मतदानको पक्षमा वकालत गर्दै आइरहेका थिए । त्यसो त तत्कालिन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।
अर्कोतिर समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छिन् । तर समाजवादी पार्टीको संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण