वाग्मतीमा प्रदेशमा १८४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
शनिबार, ३१ जेठ २०७७, ०८ : ४५
वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।
प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिए ।
उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत (३.६५) सङ्क्रमण छ ।
प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण