इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
सारांश
- गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा अल जजिराका क्यामेरा म्यान अहमद विशाहसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- अल जजिराले पत्रकार विशाहको मृत्युको निन्दा गर्दै यसलाई पत्रकारमाथि गरिएको जघन्य आक्रमण भनेको छ, तर इजरायली सेनाले उनलाई हमासको स्नाइपर भएको दाबी गरेको छ ।
- गत अक्टोबरदेखि लागू भएको युद्धविराम सम्झौता उल्लङ्घन गर्दै इजरायल र हमासले एकअर्कालाई आरोप लगाइरहेका छन्, जसक्रममा १ हजार ७ जनाको मृत्यु भएको छ ।
गाजापट्टी । गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मर्नेमा अल जजिरा समाचार संस्थाका क्यामेरा म्यान अहमद विशाह र कम्तीमा एक बालबालिका पनि छन् । यो जानकारी गाजाका स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरूले दिएको बीबीसीले बताएको छ ।
अल जजिराले आफ्नो वक्तव्यमा पत्रकार अहमद विशाहको मृत्युको कडा निन्दा गर्दै यसलाई पत्रकारमाथि गरिएको जघन्य आक्रमण भनेको छ । संस्थाले यो घटनाले पत्रकारलाई निशाना बनाउने र सत्यको आवाज दबाउने क्रम जारी रहेको देखाएको जनाएको छ ।
तर इजरायली रक्षा बल (बआईडीएफ)ले विशाह पत्रकार नभई हमासको सैन्य शाखासँग आबद्ध स्नाइपर भएको दाबी गरेको छ । आईडीएफले हालैका महिनाहरूमा उनले इजरायली सैनिकविरुद्ध स्नाइपर आक्रमणको योजना बनाएको आरोप लगाए पनि त्यसको सार्वजनिक प्रमाण भने प्रस्तुत गरेको छैन । शनिबार मध्य गाजास्थित बुरेज शरणार्थी शिविर मा रहेको एक घरमा गरिएको आक्रमणमा अहमद विशाहसहित तीन जनाको मृत्यु भएको स्थानीय अस्पताल र उद्धार निकायले जनाएको छ । आईडीएफले त्यहाँ मारिएका अन्य दुई व्यक्ति पनि हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ ।
अहमद विशाहका दाजु मोहम्मद विशाह पनि अल जजिराका संवाददाता थिए । अप्रिल महिनामा इजरायली आक्रमणमा उनी मारिएका थिए । त्यतिबेला पनि आईडीएफले उनलाई हमासको हतियार उत्पादन इकाइसँग सम्बन्धित भएको आरोप लगाएको थियो । यसैबिच गाजा सहरको साब्रा क्षेत्र मा राति गरिएको अर्को आक्रमणमा एउटै परिवारका चार सदस्यको मृत्यु भएको छ । शिफा अस्पताल का अनुसार मृतकमध्ये दुई बालबालिका थिए । चिकित्सकहरूले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार मृतकमध्ये दुई महिला र एक बालक पनि रहेका थिए
गत अक्टोबरदेखि लागू भएको युद्धविरामपछि पनि इजरायल र हमासले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता इजरायली सैन्य कारबाहीमा १ हजार ००७ जनाको मृत्यु भइसकेको छ ।
युद्धविराम सम्झौताले गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्याउने प्रतिबद्धता पनि गरेको थियो । तर विभिन्न सहायता संस्थाहरूले अझै पर्याप्त राहत सामग्री नपुगेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण