पर्वतमा पहिरोले घर बगायो, २ को मृत्यु, ६ बेपत्ता

कास्की । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल बारी भन्ने स्थानमा शनिबार राति पहिरो भएको छ । अविरल वर्षापछिको पहिरोले २ घर बगाउनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको रातोपाटीलाई टेलिफोनमा जानकारी दिए । यस्तै केही व्यक्ति बेपत्ता भएको जानकारी आएपनि के कति संख्यामा बेपत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।
यता पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले ६ जना हराएको आशंका गरिएको बताए । ढकाल बारीमा गएको पहिरोले २ घर बगाएको र एक घरमा क्षति पुगेको जानकारी भन्दै उनले ६ जना बेपत्ता भएको खबर स्थानीयले दिएको उनले रातोपाटीलाई बताए । स्थानीयले ८ जना सम्पर्कमा नभएकाे जानकारी गराएकाेमा २ जनाकाे शव भेटिएकाे र अन्यकाे खाेजीकार्य भइरहेकाे उनकाे भनाइ छ ।
अहिलेपनि घटनास्थलमा वर्षा चलिरहेकाले विभिन्न कठीनाइका बीच उद्धार चलिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री