पर्वतमा पहिरोले घर बगायो, २ को मृत्यु, ६ बेपत्ता
कास्की । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल बारी भन्ने स्थानमा शनिबार राति पहिरो भएको छ । अविरल वर्षापछिको पहिरोले २ घर बगाउनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको रातोपाटीलाई टेलिफोनमा जानकारी दिए । यस्तै केही व्यक्ति बेपत्ता भएको जानकारी आएपनि के कति संख्यामा बेपत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।
यता पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले ६ जना हराएको आशंका गरिएको बताए । ढकाल बारीमा गएको पहिरोले २ घर बगाएको र एक घरमा क्षति पुगेको जानकारी भन्दै उनले ६ जना बेपत्ता भएको खबर स्थानीयले दिएको उनले रातोपाटीलाई बताए । स्थानीयले ८ जना सम्पर्कमा नभएकाे जानकारी गराएकाेमा २ जनाकाे शव भेटिएकाे र अन्यकाे खाेजीकार्य भइरहेकाे उनकाे भनाइ छ ।
अहिलेपनि घटनास्थलमा वर्षा चलिरहेकाले विभिन्न कठीनाइका बीच उद्धार चलिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण