बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

आइतबार, ३२ जेठ २०७७, ०७ : २४
आइतबार, ३२ जेठ २०७७

काठमाडौं  – नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ । 

नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल गर्ने आपसी समझदारी उल्लंघन गरेको दाबी भारतको छ । 

यसलाई गम्भीर र चासोको रुपमा लिएको भारतले जनाएको छ । ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विद्येयक नेपालले संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप