सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमाको किस सिन दोहोर्‍याएर हेर्थे आरब, ट्वींकल चाहान्थिन् छोराले फिल्म नहेरोस्

आइतबार, ३२ जेठ २०७७, १३ : ०५
आइतबार, ३२ जेठ २०७७

बलिउड अभिनेत्री ट्वींकल खन्ना सधैं रमाइला बयानका कारण चर्चामा आउँछिन् । एकपटक ट्वींकलले बताएकी थिइन् कि फिल्ममा उनले दिएका किस सिन देखेर छोरा आरबले कस्तो प्रतिक्रिया दिन्छन् । 

ट्वींकलले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मलाई राम्रो लाग्दैन कि मेरो छोराले मेरा फिल्म हेरोस् । उनी मेरो फिल्म ‘जान’ को त्यही क्लिप बारम्बार लगाउँथे, जहाँ मेरो किसिङ सिन छ । उसले त्यो सिनको धेरै मजाक उडायो । यतिमात्रै होइन मेरो जन्मदिनमा उसले त्यस सिनको बकाइदा एउटा चित्र बनाएको थियो ।’

अक्षयकुमार र ट्वींकलका छोरा आरब क्यामेरा र चर्चाबाट सधैं टाढा रहन्छन् । यो जोडीका एक छोरा र छोरी छन् । आरब र नितारा । 

ट्वींकलका अनुसार निताराको जन्मअघि उनले अक्षयसँग शर्त नै राखेकी थिइन् । ‘मैले अक्षयलाई भनेका थिएँ कि जबसम्म उनले गम्भीर र राम्रा खोल फिल्म गर्दैनन् तबसम्म दोस्रो बच्चा जन्माउँदिन ।’ ट्वींकलले कफी विथ करनमा यस्तो कुरा खुलासा गरेपछि अक्षयले जवाफ फर्काएका थिए, ‘तपाई बुझ्न सक्नुहुन्छ कि मलाई के भयो होला ।’

ट्वींकल खन्ना बलिउडका सुपरस्टार राजेश खन्ना र नायिक डिम्पल कपाडियकाकी छोरी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप