देश बुझाउन गाम्चा पुगिन् अभिनेत्री सुरक्षा
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त नेपाल लिपुलेक, लिम्पुयाधुरा र कालापानी हाम्रो हो भनेर बुझाउन हिँडेकी छन् । उनी नेपाल सरकारले पारित गरेको लिपुलेक, लिम्पुयाधुरा र कालापानीसहितको नयाँ नक्सा बोकेर त्यसको बारेमा सर्वसाधारणलाई बुझाउन निस्किएकी हुन् ।
शनिबार दशवटा नक्सा बोकेर भक्तपुरको गाम्चा पुगेकी पन्तले त्यहाँका स्थानियलाई नेपालको सिमानाको जानकारी गराउँदै नक्सा समेत उपहार दिएकी छिन् । जसको जानकारी उनले आफ्नो गाम्चा अभियानका केही तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट गराएकी हुन् ।
तस्बिरका साथ उनले लेखेकी छन्– ‘एउटा कोशिस गर्ने हो युवाले देशको निम्ति । जहाँ सकिन्छ त्यहीबाट । यी आमा–बुबालाई एउटा नयाँ नक्सा उपहार दिए आज । आनन्द आयो । घरको भित्तामा टास्छु भन्नुभाको छ । सबै खुशी छन् है ।’
नयाँ नक्सा प्रचार गरेर सरकारको कदमको आफुले आफ्नो तर्फबाट साथ दिएको पन्तले सबैलाई बुझाउन खोजेको उनको स्टाटसबाट अनुमान लगाउन सकिन्छ । सुरक्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । उनी अभिनित चलचित्र ‘आमा’ लकडाउन अगाडि प्रदर्शनमा आएको थियो । जसलाई दर्शक तथा समिक्षक सबै पक्षबाट तारिफ मिलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण