शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देश बुझाउन गाम्चा पुगिन् अभिनेत्री सुरक्षा

आइतबार, ३२ जेठ २०७७, १३ : ४१
आइतबार, ३२ जेठ २०७७

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त नेपाल लिपुलेक, लिम्पुयाधुरा र कालापानी हाम्रो हो भनेर बुझाउन हिँडेकी छन् । उनी नेपाल सरकारले पारित गरेको लिपुलेक, लिम्पुयाधुरा र कालापानीसहितको नयाँ नक्सा बोकेर त्यसको बारेमा सर्वसाधारणलाई बुझाउन निस्किएकी हुन् ।

शनिबार दशवटा नक्सा बोकेर भक्तपुरको गाम्चा पुगेकी पन्तले त्यहाँका स्थानियलाई नेपालको सिमानाको जानकारी गराउँदै नक्सा समेत उपहार दिएकी छिन् ।  जसको जानकारी उनले आफ्नो गाम्चा अभियानका केही तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट गराएकी हुन् । 

तस्बिरका साथ उनले लेखेकी छन्– ‘एउटा कोशिस गर्ने हो युवाले देशको निम्ति । जहाँ सकिन्छ त्यहीबाट । यी आमा–बुबालाई  एउटा नयाँ नक्सा उपहार दिए आज ।  आनन्द आयो । घरको भित्तामा टास्छु भन्नुभाको छ । सबै खुशी छन् है ।’

नयाँ नक्सा प्रचार गरेर सरकारको कदमको आफुले आफ्नो तर्फबाट साथ दिएको पन्तले सबैलाई बुझाउन खोजेको उनको स्टाटसबाट अनुमान लगाउन सकिन्छ । सुरक्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् । उनी अभिनित चलचित्र ‘आमा’ लकडाउन अगाडि प्रदर्शनमा आएको थियो ।  जसलाई दर्शक तथा समिक्षक सबै पक्षबाट तारिफ मिलेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप