चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु
सोमबार, ०१ असार २०७७, ०८ : ३९
भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण