बाग्लुङको ८०० स्वाब पोखरामा
बाग्लुङ । बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ । अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् ।
पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँंले जानकारी दिए । ‘हामीले स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ’ गुरौले भने– ‘लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।’
गुरौका अनुसार, अझै ४०० बढीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ । यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिए ।
अहिले जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् । बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
-
सभामुखसँग प्रमुख सचेतकको बैठक : शुक्रबारको बैठकमा रविले संसद्मा सम्बोधन गर्ने
-
‘यो निर्वाचनपछि भारत अझै शक्तिशाली भएर आउँछ, यो कुरा नेपालले बुझ्न जरुरी छ’
-
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
-
कृषकलाई बङ्गुरको पाठा वितरण