सुदूरपश्चिममा थप ९ जनामा कोराना संक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आईतबार सेती प्रादेशिक अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिका बस्ने वर्ष २३ का १ पुरुष, ढकारी गाउँपालिका बस्ने बर्ष २७ का १ पुरुष, कमलबजार नगरपालिका बस्ने ३१ वर्षका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकृत दिलिप श्रेष्ठले जानकारी दिए । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका बस्ने वर्ष ३ की १ बालिका, गोदावरी नगरपालिका बस्ने ४६ वर्षीय १ पुरुष, डोटीको दिपायल सिलगढी नगरपालिका बस्ने वर्ष ३० र ३७ का २ जना पुरुष, डोटी कै सायल गाउँपालिका बस्ने वर्ष २१ का १ महिला र वर्ष २८ का १ पुरुष रहेको उनले बताए ।
समाजिक विकास मन्त्रालयकाअनुसार आईतबार सेती प्रादेशिक अस्पताल धनगढी बाट १५, महाकाली बाट ४, डोटीबाट २, अछाम अस्पतालबाट २ गरी जम्मा २३ जना संक्रमित निको भएर गएको जनाईएको छ । हालसम्म निको हुने संक्रमितको संख्या ४९ र मृत्यु हुने संक्रमितको संख्या २ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । निको हुने र मृत्यु भएका व्यतिmको संख्या घटाउँदा यो प्रदेशमा संक्रमितको कृयाशील संख्या ११० रहेको उनले बताए । प्रदेशमा हालसम्म १०९१३ जनाको स्वाब नमुना संकलन गरिएको र ८८९० जनामा परीक्षण गरिएको छ । जसमध्ये ८४२६ मा नगेटिभ रिपोट आएको उनले बताए ।
उनका अनुसार २०२३ जनाको रिपोर्ट आउन बाँकी छ र पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमितमध्ये अछाममा १८, बैतडी ६, बझाङ्ग १४, बाजुरा २०, डडेल्धुरा ३९, दार्चुला १२, डोटी १३, कैलाली ८५, कञ्चनपुर ५४ गरी २६१ संक्रमित रहेका छन् । अहिलेसम्म आरडिटी विधिवाट ६५२७१ जनामा परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण