सुशान्तसिंहको दाहसंस्कारः बुवा र बहिनीहरुले दिए दागबत्ती
एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको दाहसंस्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको दाहसंस्कार गरिएको हो । उनलाई बुवा केके सिंह र बहिनीहरुले दागबत्ती दिएका थिए ।
उनको दाहसंस्कारको क्रममा बलिउड अभिनेत्रीहरु कृति सैनन, श्रद्धा कपुर र अभिनेता राजकुमार राव, सुनिल शेट्टी, विवेक ओराँय वरुण शर्मा, अर्जुन बिजलानी र अन्य धेरै कलाकारहरुको उपस्थिति थियो । उनको अन्तिम संस्कारमा २५ जना सहभागी भएका थिए । सुशान्तको अस्तुलाई परिवारले पटना लगेर गंगामा विसर्जन गर्ने भएका छन् ।
पोष्टमार्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो । सोही अस्पतालबाट शवयात्रा गरिएको थियो । यद्यपि,परिवारले दाहसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए । सुशान्तको मृत शरीरको कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण