अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषयमा जर्मनीलाई आश्वस्त पार्दै पोल्याण्ड
एजेन्सी । अमेरिकी सैनिकको सङ्ख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका छन् । पोल्याण्डमा अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको हो ।
सोमबारको एक अन्तवार्तामा मोराविकीले भने– ‘अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही सङ्ख्यालाई बढाउने योजना अघि सारिएको हो ।’
‘हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन’ प्रधानमन्त्री मोराविकीले बाल्टिक न्यूज सर्भिस (बीएनएस)सँगको अन्तवार्तामा भने । जर्मन विदेश मन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाई आएको हो ।
अमेरिकाले जर्मनीमा रहेको आफ्नो सैनिक सङ्ख्यालाई ३४ हजार ५०० बाट २५ हजारमा झार्ने अमेरिकी योजना र पोल्याण्डमा अमेरिकी सैनिक थप्ने चर्चाप्रति जर्मनीका राजनीतिज्ञरूले चासो व्यक्त गरिरहेका समय पोल्याण्डका प्रधानमन्त्रीले जर्मनीको सङ्ख्या काटेर पोल्याण्डमा लाने नभै अमेरिकासँग यसबारे छुट्टै छलफल भइरहेको बताएका छन् ।
जर्मनीको सेना काटेर पोल्याण्ड लाने बिषय नेटो गठबन्धनमाथि घातक र रूसी रणनीतिकको अर्को विजय हुने भन्दै उनले जर्मनीलाई विश्वस्त पार्ने प्रयास गरेका छन् । तर अमेरिकाले जर्मनीबाट हटाउने सैनिकलाई पोल्याण्डमा राख्ने हो वा छुट्टै थप वललाई यूरोप ल्याउने हो भन्नेबारे अझै प्रष्ट भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण