किन रद्द भयो यूएईको पहिलो ‘उद्धार’ उडान ?
युएई। यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज मंगलवार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ। नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।
दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख गरिएको छ। असार २ र ४ गते नेपाल एयरलाइन्समार्फत यूएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो। तर हिजो सोमबार उडान रद्द गरिएकोबारे सूचना दूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएपछि उडानबारे थप अन्योल बढेको हो। तर दूतावासले गत आइतबार नै सूचना जारी गरेको थियो। सूचना जारी गरेको केहि समयमा नै हटाएर सोमबार फेरि दूतावासले अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।
अर्को उडान कहिले जारी हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन। नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ। तोकिएको मितिमा उडान नहुने भएपछि टिकट काटेर घर फर्कने आशामा बसेका नेपालीहरू थप अन्यौलमा परेका छन् ।
यूएईले नेपाल एयरलाइन्सको चार्टर हवाई अनुमति नदिएकोले आज र असार ४ गते हुने भनिएको फ्लाइट रद्व भएको हो । गत जुन ५ मा एयर अरबियाले १ सय ६८ यात्रु लिएर नेपाल उडान भरेको थियो। तर नेपाल सरकार र यूएईस्थित नेपाली दूतावासले सम्झौता बिपरित एयर अरबिया एयरलाइन्सले उडान भरेकोमा आपत्ति जनाएको थियो।
दुई पक्षीय सम्झौताविपरित उडान गरेको भन्दै सरकारले एयर अरेबियालाई उडान अनुमति नदिने र आफ्नै एयरलाइन्स मार्फत यूएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने तालिका सार्वजनिक गरेको थियो । नेपाल सरकारले यूएईको एयरलाइन्सलाई अनुमति नदिएकोले यूएईले पनि नेपाललाई उडान अनुमति नदिएको श्रोतको दाबी छ ।
अबको १–२ हप्तामा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया र फ़्लाई दुबईले कम्तिमा दर्जन उड़ान भर्न सक्ने अन्तिम गृहकार्य भईरहेको श्रोतले रातोपाटीलाई बतायो। केही दिन पहिले नेपाल र यूएईबीच दुई पक्षीय श्रम सम्झौता समेत पुनरवलोकन हुनसक्ने भन्दै स्थानीय मिडियाहरुले समाचार प्रकाशित गरेका थिए । यसले गर्दा पछिल्लो समयमा नेपाल र यूएईबीचको सम्बन्धमा समस्या आएको हुनसक्ने अनुमान समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण