हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले
मकवानपुर । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए ।
व्यवस्थापन लिमिटेडका अनुसार सो औँद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ । लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक रु ३० करोड घाटा हुने गरेको थियो ।
त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ । सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो । तर, उद्योगका लागि आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ । उद्योगमा विगतमा उत्पादन गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ । सो उद्योगमा ३४२ जना कर्मचारी र मजदूर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण