शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले

मङ्गलबार, ०२ असार २०७७, १५ : ३४
मङ्गलबार, ०२ असार २०७७

मकवानपुर । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन  लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए ।  

व्यवस्थापन लिमिटेडका अनुसार  सो औँद्योगिक क्षेत्रका  एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् ।  ती उद्योगमा  जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ  । लकडाउनका कारण ती उद्योग बन्द  हुँदा दैनिक रु ३० करोड घाटा हुने गरेको थियो ।  

त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित  हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन  गर्न प्रक्रिया अगाडि बढाइएको छ । सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको  थियो  ।  तर, उद्योगका लागि  आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ  ।  उद्योगमा विगतमा उत्पादन  गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ ।  सो उद्योगमा ३४२ जना कर्मचारी र मजदूर रहेको भए पनि हाल  ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप