सुशान्तकी भाउजुको पनि मृत्यु, शोकले खानै छाडेकी थिइन्
टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारमा प्राण त्यागेकी छिन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार सुशान्तको मृत्युको खबरले स्तब्ध भएपछि उनकी भाउजु सुधादेवीले खाना खानै छाडेकी थिइन् । उनी सुशान्तका काकाका छोरा अर्थात् दाइ अमरेन्द्र सिहंकी पत्नी हुन् । जो सुशान्तको पुख्र्यौली गाउँ बिहारको पूर्णियास्थित मलडीहामा बस्थिन् ।
पहिल्यैदेखि बिरामी रहेकी सुधा आइतबारदेखि खानपान छोड्दा निकै कमजोर भएकी थिइन् र बारम्बार बेहोस भइरहिन् । २४ घण्टासम्म भोकै रहेपछि उनले सुशान्तको अन्तिम संस्कार हुँदाको समय प्राण त्यागिन् । जसकारण, सुधाको परिवार मुम्बईमा भएको सुशान्तको अन्तिम संस्कारमा सहभागी हुन सकेन ।
सुशान्त सिंह बिहारको पूर्णिया जिल्लाका स्थायी बासिन्दा हुन् । ९० को दशकमा उनको परिवार पटना आएको थियो ।
पिता केके सिंह पूर्वसरकारी अधिकारी हुन् । पटनाको सेन्ट कैरेन्स स्कुलबाट पढाइ सकेपछि सुशान्त दिल्ली गएका थिए । सुशान्तका गाउँलेहरुले अझै उनले आत्महत्या गरेर भनेर स्वीकार्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण