आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशले सवारी साधनको कर तिर्ने  समय थप्यो

मङ्गलबार, ०२ असार २०७७, १७ : १४
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । बाग्मती प्रदेशले सवारी साधनको कर तिर्ने समय असार मसान्तसम्म थप गरेको छ ।  चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना समेत नलिने भएको छ।  यस्तै घरजग्गा रजिष्टेसन शुल्क, मनोरञ्जन कर  तिर्ने समय थप गरेर असार मसान्तसम्म पुर्याएको छ ।

१ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कति असुल गर्ने भन्ने विषयमा अन्योल थियो । बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाले सूचना नै जारी गरेर कर तिर्ने समय थप गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप