बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इतिहासमा आज – मुमताजको मृत्यु र ताज महल निर्माणको कसम

बुधबार, ०३ असार २०७७, ०६ : ३०
बुधबार, ०३ असार २०७७

आज १७ जुन । दिल्लीका मुगल सम्राट शाहजहाँकी पत्नी अर्थात् रानी मुमताजको निधन सन् १९३१ मा आजैका दिन भएको थियो । सम्राट शाहजहाँका धेरै रानीमध्ये मुमताज एक भएपनि उनीहरुबीचको प्रेमप्रसङ्गबारे इतिहास र साहित्यमा विशेष चर्चा हुन्छ किनकी शाहजहाँले मुमताजकै सम्झनामा ताज महल निर्माण गराएका थिए । यस महललाई धेरैले प्रेमको प्रतिक मान्छन् ।

चौधौँ सन्तानलाई जन्म दिनेक्रममा अत्यधिक रक्तस्राव र पीडाका कारण उनको निधन भएको मानिन्छ । भनिन्छ, मुमताजलाई देख्नेबित्तिकै उनको प्रेममा परेका शाहजहाँले लगत्तै इन्गेजमेन्ट गरेका थिए । त्यसको ५ वर्षपछि सन् १६१२ मा उनीहरुले विवाह गरे । मुमताजपट्टीबाट शाहजहाँका १३ सन्तान थिए ।

इतिहासकारहरुका अनुसार सन् १९३१ मा दक्षिण भारतमा लोधीहरुले विद्रोहको झण्डा उठाएपछि गर्भवती पत्नी समेतलाई लिएर शाहजहाँ त्यहाँ पुगेका थिए । यस क्रममा मुमताजले आगराबाट ७ सय ८७ किलोमिटरको यात्रा गर्नुप¥यो । यसैको असरस्वरुप अत्यधिक पीडा र रक्तस्रावले बुरहानपुरको जैनावदामा उनको निधन भएको थियो ।

मुमताजको मृत्युपछि शाहजहाँले त्यस्तो महल बनाउने कसम खाए, जसको बराबरी दुनियाँमा कुनै दोस्रोले गर्न नसकोस् । त्यसपछि उनले आगरामा मुमताजको अन्त्येष्टी गरिएकै स्मारकमा ताज महल बनाउन लगाए । सन् १६३२ मा सुरु भएको ताजमहल निर्माण कार्यले १६५३ मा पूर्णता पायो । यसलाई धेरैले मानव निर्मित आश्चर्यजनक सम्पदामध्ये एक मान्छन् । सन् २००७ मा एकै वर्ष ७० लाखभन्दा धेरै ताज महल भ्रमण गरेका थिए ।

अन्य घटनाक्रम

सन् १७९९– नेपोलियन बोनापार्टद्वारा इटलीमाथि कब्जा ।

सन् १९७४–  बेलायतको संसद्मा बम हमला हुँदा ११ मानिसको मृत्यु ।

सन् १९८० – विश्वचर्चित महिला टेनिस खेलाडी भेनस विलियम्सको जन्म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप