कैलाली बलात्कार घटनाबारे प्रधामन्त्रीको गम्भीर चासो, मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको भन्दै देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए । यस्तै उनले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए । क्वारेन्टाइनको सुधार गर्न, के–के पुगेको छैन त्यसको ब्यवस्थापन गर्न निर्देशन दिएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्रीले अघिल्लो बैठकमा क्वारेन्टाइन सुधारका लागि दिएको निर्देशन अनुसार कति काम भयो भनेर पनि मन्त्रीहरुसँग जवाफ मागेका थिए । यस्तै विदेशबाट नेपालीको उद्धार गर्ने विषयमा भइरहेको थप प्रगतिको बारेमा जानकारी लिएका थिए । बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयास,लकडाउन,क्वारेन्टाइन ब्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीले जानकारी मागेका थिए भने मन्त्रालयहरुले लगेका विभिन्न प्रस्तावहरुमा निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण