के तपाईंका सैनिक पनि मारिएका छन् ? चीनले दियो यस्तो जवाफ
पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ ।
सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पूरा घटनाबारे भने, ‘दुबै देशका सिनियर कमान्डरबीच बैठक भयो र तनाव कम गर्ने विषयमा सहमति बन्यो । सबैकुरा छलफलको हिसाबले अघि बढ्ला भन्ने हामीले आशा गरेका थियौं । १५ जून अबेर राती चिनियाँ सेनाले अचानक व्यवहार परिवर्तन गर्यो । चीनले एकतर्फी निर्णय लिँदै यथास्थितीलाई अस्विकार गर्यो र फलस्वरुपः दुबै तिरबाट हिंस्रक झडप भयो । दुबै तर्फका मानिसहरु हताहत भए, जसलाई रोक्न सकिन्थ्यो तर चीनले सम्झौतालाई इमान्दारिताका साथ पालना गरेन ।’
२० भारतीय सैनिकको मृत्युको खबरले भारतको राजनीति तातेको छ । विपक्षी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि आएर जवाफ दिन भनेको छ । मोदीले एक भिडियो सन्देशमा भारतीय सैनिकको शहादत बेकार नजाने बताएका छन् । मोदीले भने, ‘भारतीय सैनिक मार्ने क्रममा मरेका हुन् ।’ प्रधानमन्त्रीको भनाई यो थियो कि भारतीय सैनिकको मात्रै एकतर्फी क्षती भएको छैन ।
के चिनियाँ सैनिक पनि मारिएका छन् ?
भारतीय मिडियामा पनि मंगलबार यहि कुराको छलफल भइरह्यो । केहि मिडियाले चिनियाँ सैनिकको मृत्यु भएको संख्या नै तोकिदियो । तर अहिलेसम्म यसबारे केहि स्पष्ट जानकारी छैन । बुधबार यहि प्रश्न चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी पिटिआईले प्रश्न सोधेको छ । जसमा पत्रकारले सोधेका छन्, ‘भारतीय मिडियामा चिनियाँ सैनिक हताहत भएको बताइएको छ, के तपाईं यसलाई पुष्टि गर्नुहुन्छ ?’
यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘मैले अघि पनि भनेँ कि देशका सैनिक ग्राउन्डमा विशेष विषयवस्तु सुल्झाउने कोसिस गरिरहेका छन् । मसँग त्यस्तो कुनै जानकारी छैन, जुन म यहाँ सार्वजनिक गर्न सकूँ । मलाई लाग्छ र तपाईंले पनि देख्नु भएको होला कि यस्तो स्थिती पैदा भएलगत्तै दुबै पक्षबीच सीमामा शान्ति बहालीका लागि कुराकानीमार्फत् विवाद सुल्झाउने कोसिस भइरहेको छ ।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संसारका दुई ठूला विकासशील र उदीयमान अर्थतन्त्र भएको देश भारत र चीनबीच मतभेदभन्दा पनि सहमतिको आवश्यकता छ । आ–आफ्ना नागरिकको हित र आशाका अनुसार सम्बन्धलाई सहि बाटोमा अघि बढाएर सहमतिमा पुगेर त्यसको पालना गर्नु नै दुबै देशको आवश्यकता हो । हामीलाई आशा छ कि भारतीय पक्ष हामीसँग काम गर्नेछ र दुई देश एकैसाथ अघि बढ्नेछौं ।’
पिटिआईले सोधेको ‘अब सीमामा हिंस्रक झडप हुँदैन ?’ भन्ने प्रश्नको जवाफमा चाओ लिजियानले भने, ‘स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
