भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध
भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ ।
भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।
त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।
कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण