लम्जुङमा ढुङ्गा खसेर १ चिनियाँको मृत्यु, एक घाइते
लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् ।
आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । ढुङ्गाले ट्रकमा समेत क्षति पुगेको छ ।
त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हुन् । मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।
मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भएको र शव बेँसीशहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण
-
मुठभेडतर्फ संसद् : अरूलाई सदनमा बोल्नै नदिने कांग्रेसको नीति कति लोकतान्त्रिक ?
-
कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी
-
मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने