वरिष्ठता मिच्दै प्रमको निजी चिकित्सकलाई आइओएमको डीन, विद्यार्थीद्वारा तालाबन्दी
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रा.डा. दिव्या सिंह शाहलाई डीन बनाउने निर्णय तत्काल सच्याउन माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा तालबन्दी गरेको छ । राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पङ्गेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वरिष्ठता र कार्यकुशलताका आधारमा नियुक्त नगरेर मापदण्ड मिचेर पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको उल्लेख छ । प्रा. डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरेसँगै बुधबार डा. शाहलाई डीनमा नियुक्ति गरेको थियो । डाक्टर शाहले वरिष्ठताको क्रम मिचेर डीन पद पाउनका लागि पावर लगाएको विद्यार्थीले आरोप लगाउदै आएका छन् ।
डाक्टर गोविन्द केसीको आन्दोलनपछि वरिष्ठताको आधारमा डीन छान्ने नजिर बसे पनि हाल त्यस पद्धती मिचिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । वरिष्ठताको आधारमा डीन छान्ने पद्धति नसच्चाएसम्म तालाबन्दी जारी रहने पे्रेस विज्ञप्तिमार्फत जनाइएको छ । डाक्टर शाह प्रधानमन्त्री केपी ओली को निजी चिकित्सकसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
