अमेरिकी कदमको इरानद्वारा निन्दा
तेहरान । अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ ।
यस कार्यलाई इरानले क्रुर भनेको छ । अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ । इरानले त्यस्ता कार्यहरु अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ ।
अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उनकी श्रीमतीसँग काम गर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसबाट सिरियामा ठूलो आर्थिक संकट पर्नसक्ने बताइएको छ । कोरोना भाइरसको संकटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ ।
इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ । इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकबन्दी लगाउँदै आएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण