सुशान्तको आत्महत्यापछि सोनु निगमको चेतावनी– संगीत क्षेत्रमा पनि यस्तै दुर्घटना हुनसक्छ
एजेन्सी । १४ जूनमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा उथल–पुथल मच्चिएको छ । सुशान्तले आत्महत्या किन गरे ? यसबारे धेरै अनुमान लगाइएको छ । बलिउडमा हाबी एकाधिकारवादकै कारण यस्तो दुर्घटना निम्तिएको आरोप धेरैले लेगाएका छन् ।
भनिन्छ कि ७ वटा फिल्मबाट निकालिएपछि सुशान्त डिप्रेसनमा पुगेका थिए । यसै क्रममा बलिउडका चर्चित गायक सोनु निगमले संगीत उद्योगमा पनि एकाधिकार हाबी रहेकाले आत्महत्याको खबर सुन्नुपर्ने हुनसक्ने बताएका छन् । उनले इन्स्टाग्राममा भिडियो शेयर गर्दै भारतीय संगीत क्षेत्रको कालो पक्ष उजागर गरेका हुन् ।
झन्डै साढें सात मिनेटको भिडियोमा सोनुले भनेका छन्– ‘आज सुशान्तसिंह राजपूत मरेका छन् । भोली तपाई कुनै गायक वा वा कुनै म्युजिक कम्पोजरका बारे पनि यस्तो सुन्न सक्नुहुन्छ, किनकि हाम्रो देशमा संगीत क्षेत्रको अवस्था जस्तो छ, दुग्भार्यपूर्ण रुपमा फिल्म क्षेत्रभन्दा धेरै माफिया संगीत क्षेत्रमा छन् ।’
सोनुकाअनुसार संगीत क्षेत्रमा दुई कम्पनीको मात्रै राज छ । यी कम्पनीले नै कसले गाउने र कसले नगाउने भनेर तय गर्छन् । जसकारण, धेरै युवा संगीतकार र गायक–गायिका पीडामा छन् । उनीहरु आफ्नो सिर्जनशिलता देखाउनबाट वञ्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण