संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्रका बजार बन्द
शनिबार, ०६ असार २०७७, १० : ५१
कोभिड–१९ को संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्र आसपासका बजार पूर्णरुपमा बन्द गरेको छ । गोदावरी नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो ।
बजार बन्दमा अत्तरिया उद्योग वाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले रातोपाटीलाई जानकारी दिए ।
गोदावरी क्षेत्रमा कोभिड–१९ को संक्रमण दर बढेको र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय पुरुषको मृत्यु समेत भएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक साधनबाहेक बैङ्क तथा वित्तीय संस्था र बजार बन्द गरिने नगरपालिकासँग सहमति भएको उनले बताए ।
शुक्रबार मात्र गोदावरी नगरपालिका वडा नं १ मा ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको बताउदै अध्यक्षय देबकोटाले स्थिति सहज नहुँदासम्म बन्द जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण