गण्डकीका ५ जिल्लामा १९ संक्रमित थपिए
आइतबार, ०७ असार २०७७, १४ : १७
कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै स्याङ्जामा १०, नवलपुरमा १, कास्कीकै मादी गाउँपालिकामा १, बागलुङमा ५ र तनहूँमा १ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना पुष्टि भएका १९ संक्रमितमध्ये चापाकोट नगरपालिका स्याङ्जाका ३० वर्षिया महिला त्यसैगरि स्याङ्जा गल्याङ नगरपालिकाकै ४५ वर्षीया महिला रहेकी छिन् । बाँकी १७ जना पुरुष छन् । संक्रमितहरुको उमेर कम १७ देखि ४६ वर्षसम्मको रहेको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या ५२३ पुगेको छ । गण्डकीका सबै जिल्लामा कोरोना संक्रमित पुष्टि भई सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण