गण्डकीका ५ जिल्लामा १९ संक्रमित थपिए
आइतबार, ०७ असार २०७७, १४ : १७

कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै स्याङ्जामा १०, नवलपुरमा १, कास्कीकै मादी गाउँपालिकामा १, बागलुङमा ५ र तनहूँमा १ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना पुष्टि भएका १९ संक्रमितमध्ये चापाकोट नगरपालिका स्याङ्जाका ३० वर्षिया महिला त्यसैगरि स्याङ्जा गल्याङ नगरपालिकाकै ४५ वर्षीया महिला रहेकी छिन् । बाँकी १७ जना पुरुष छन् । संक्रमितहरुको उमेर कम १७ देखि ४६ वर्षसम्मको रहेको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या ५२३ पुगेको छ । गण्डकीका सबै जिल्लामा कोरोना संक्रमित पुष्टि भई सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत