सुत्केरीमा कोराना भेटिएपछि तीन गाउँ सिल
गुल्मी । गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन् । ।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताएका छन् ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आएका थिए । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । जिल्लामा मध्याह्नसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएको र तीनजना भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण