सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो
कैलाली । आइतबार थप ७६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो । यसअघि नै १ सय ३८ जना संक्रमित निको भइ घर फर्किसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो प्रदेशमा हालसम्म १० हजार ७२३ जनाको पिसिआर बिधिबाट जाँच गरिएका मध्ये ९ हजार ७१६ जनाको नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ७१, डडेल्धुरामा १८६, दार्चुलामा १२, डोटीमा १५०, कैलालीमा २६८, कञ्चनपुर ९९ गरी कूल १ हजार ७ जना संक्रमित फेला परेका छन् ।
आरडिटी बिधिवाट ९२ हजनर ४२६ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा २६ हजार ८१५ पुरुष र ६ हजार ३७७ जना महिला रहेका छन् ।
प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४२ र संक्रमित १०६ गरी १४८ जनाको उपचार भइरहेको छ । ४८७ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा ११, टिकापुरमा २६, महाकालीमा १८, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा ७ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण