प्रियंका चोपडाका पिताका लागि निक जोनसको भावुक सन्देश – काश तपाईंलाई भेट्ने मौका पाएको भए
बलिउड नायिका प्रियंका चोपडाका श्रीमान् र अमेरिकी गायक निक जोनसले फादर्स डेको मौकामा अबेर राती सोसल मिडियामा एउटा भावुक सन्देश सेयर गरे । यसमा उनले आफ्ना पिता पल केविन जोनस र दिवंगत ससुरा अशोक चोपडालाई सम्झिए । आफ्नो पोस्टमा उनले दुबैको एउटा–एउटा फोटो पनि सेयर गरे ।
फोटो सेयर गर्दै निकले आफ्ना पिताका लागि लेखे, ‘यहाँ भएका सबै पितालाई ह्यापी फादर्स डे । मेरा पिता मेरा लागि सधैं हिरो हुन् र भविष्यमा पनि रहनेछन् । पापा जोनस लभ यू एण्ड मिस यू ।’
थप उनले लेखे, ‘डा. अशोक चोपडा, काश मैले तपाईंलाई भेट्ने मौका पाएको भए । तपाईंले उत्कृष्ट छोरी हुर्काउनु भएको छु र म धन्य छु कि हामीले एक–अर्कालाई पायौं । र तपाईंहरु सबैका लागि जो आफ्ना पितासँग हुनुहुन्नँ, म तपाईंहरुबारे सोचिरहेको छु र तपाईंलाई प्रेम पठाइरहेको छु ।’
प्रियंकाले पनि लेखिन् सन्देशः
प्रियंका चोपडाले पनि फादर्स डेका लागि आफ्नो पोस्टमा पिता र ससुराको फोटो सेयर गरिन् । यसका साथै उनले लेखिन्, ‘हुनसक्छ, हामी दुईले यी सबै आफ्नो पितामार्फत् पाएका छौं । यो दिन मनाइरहनेहरु सबैलाई ह्यापी फादर्स डे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण