शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाग्यको कुरा गरेर ट्रोलर्सको निशानामा परेकी सोनमले कमेन्ट गर्न नमिल्ने बनान् इन्स्टाग्राम

सोमबार, ०८ असार २०७७, १३ : ०९
सोमबार, ०८ असार २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा एकपटक पुनः परिवारवादले अत्यधिक चर्चा बटुलेको छ । सुशान्तका लाखौं करोडौं प्रशंसकले उनको आत्महत्याको रिस ती हरेक अभिनेता–अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन् । यहि परिवारवादको बहसबीच अनिल कपुरकी छोरी सोनम कपुरलाई मानिसहरुले अत्यधिक ट्रोल गरिरहेका छन् । जसका कारण सोनमले आफ्नो सामाजिक सञ्जालको कमेन्ट सेक्सन डिलिट गरेकी छिन् । र आफूलाई पठाएको घृणाका मेसेजको स्क्रिनसट सेयर गरेकी छिन् ।

वास्तवमा सोनमले फादर्स डेको मौकामा गरेको एक ट्वीटका कारण सोसल मिडिया प्रयोगकर्ताको निशानामा परेकी हुन् । उनको यो ट्वीटपछि मानिसहरुले उनलाई ट्रोल मात्रै गरेनन् मेसेज पठाएरसमेत तथानाम भनेका छन् ।


उनले आफूलाई आएको घृणाका मेसेजको स्क्रिनसट पनि सेयर गरेकी छिन् ।

सोनमले आफ्नो सोसल मिडियालाई कमेन्ट गर्न नमिल्ने बनाउनुको कारण पनि साझा गरेकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘हो मैले मलगायत मेरो आमा–बुवाको सोसल मिडियामा कमेन्ट गर्न नमिल्ने बनाएकी छु । मेरा ६४ वर्षका अभिभावकले यसको सामना गर्नु नपरोस् भनेर यस्तो गरेकी हुँ । उहाँहरुले यस्तो सहनुपर्ने खासै केहि गर्नुभएको छैन । र मूर्खहरु, मैले यस्तो डराएर गरेकी होइन । यो मैले कमन सेन्स लगाएर गरेकी हुँ, मेरो र आफ्ना अभिभावकको मानसिक स्वास्थ्यका लागि ।’

यता सोनमले आफ्नो सोसल मिडियाको अकाउन्टमा कमेन्ट  गर्न नमिल्ने बनाएका बेला उता सोनाक्षी सिन्हा, आयुष शर्मा, साकिब सलिम, जशिर इकबालजस्ता कलाकारले आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरेका छन् । सुशान्तको आत्महत्यापछि यी कलाकारमाथि परिवारवादको आरोप लगाएर मानिसहरुले सोसल मिडियामा अत्यधिक ट्रोल गरिरहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप