सिटीको गोल वर्षा, उपाधिका लागि लिभरपुलले थप केही समय पखर्नुपर्ने
फिल फोडेन र रियाद महारेजको दुई–दुई गोलको मद्दतले म्यान्चेस्टर सिटीले बर्नलीमाथि ५–० को सहज जित हासिल गरेको छ । जीतसँगै लिभरपुलले अब थप केही समय प्रिमियर लिगको उपाधिका लागि पर्खनुपर्ने भएको छ ।
पहिलो हाफमा नै सिटीले तीन गोल गरेको थियो । फोडेनले खेलको २२ औँ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । महारेजले ४३ औँ मिनेटमा अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा पेनाल्टीबाट उनले अर्को गोल थपे ,
दोस्रो हाफको शुरुवातमा डेभिड सिल्भाले सिटीका लागि चौथो गोल थपे भने ६३ औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाए ।
आजको खेलमा सिटीले अंक गुमाएको भए बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसविरुद्धको खेल जित्दै लिभरपुलले प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाउने थियो । तर, अब लिभरपुलले उपाधिका लागि थप केही खेल प्रतिक्षा गर्नुपर्ने भएको छ ।
सिटीले अब बिहीबार स्टाम्फोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ६३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण