सर्वसाधारणको सेयर लगानी भएको कम्पनीमा हुने भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गर्ने
पब्लिक लिमिटेड कम्पनीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ ।
पब्लिक लिमिटेड कम्पनीमा आम जनताको लगानी रहने गरेको छ । यसअघि सरकारको लगानी वा अनुदान पाएका पब्लिक कम्पनीहरुमा अनुसन्धान गर्न अधिकार पाएकोमा नयाँ विधेयकले सर्वसाधारणको सेयर लगानी भएका पब्लिक कम्पनीलाई पनि अख्तियारको दायरामा ल्याउन खोजेको हो ।
नेपाल स्टक एक्सचेन्जबाट सूचीकृत भएका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्यत, व्यापार र उत्पादनमुलक उद्योगमा आवश्यक परेको खण्डमा अख्तियारले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न पाउने बाटो विधेयकले खुला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विधायन समितिबाट पारित भइसकेको छ । सो विधेयक राष्ट्रियसभामा विचाराधीन छ ।
विधेयकमा सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनीलाई सार्वजनिक संस्थाको रुपमा ब्याख्या गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण