काठमाडौँमा जग्गाको मूल्याङ्कन बढेन, कुन क्षेत्रको मूल्य कति ?
न्यूनतम प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म
बुधबार, १० असार २०७७, १७ : ४०

काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण काठमाडौंको जग्गाको मूल्याङ्कन स्थिर राखिएको छ । काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको हो ।
महानगरको प्रस्तावित आर्थिक ऐनमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तो मूल्य जग्गा रहेको ठाउँ र जग्गाले छोएको बाटोको चौडाईका आधारमा तय गरिएको हो ।
जग्गाको मूल्यांकनलाई बैंकिङ ऋण र करसँग जोडेर हेरिने भएकोले यसको घटबढले हुने लाभ र हानी दुबै छ । तर, कोभिड–१९ को कारण घरजग्गाको मूल्यमा ह्रास आउने अनुमानकाबीच महानगरले मूल्याङ्कन भने यथावत राखेको हो ।
यस्तो छ काठमामाडौंमा जग्गाको मूल्य :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल