साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्दा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो, जसमा २ करोड ५ लाख अमेरिकी डलर हिनामिना भएको बताइएको छ।
- २०६८ मा चिनियाँ कम्पनीसँग सम्झौता गर्दा वार्षिक मर्मत सम्भार (एएमएसी) सेवामा ५ प्रतिशत छुट दिने व्यवस्थाविपरीत अस्वभाविक मूल्य कायम गरिएको अख्तियारको आरोप छ।
काठमाडौँ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, भ्रष्टाचार मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
२०६८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेल समतेले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (सीआरटीबी एण्ड सीएस) विलिङ प्रणालीका लागि सम्झौता गरे ।
जसको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन/वायरलेस ब्रॉडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गर्नु, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना गर्नु र अपडेट गर्नु रहेको थियो ।
खरिद सम्झौतामा वार्षिक मर्मत सम्भार सम्झौताअन्तर्गत ६ वर्षसम्मलाई सेवा दिन सकिने र वार्षिक मर्मत सम्भार (एएमएसी) लिने दिने कार्य ५ प्रतिशत घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।उक्त सम्झौता पहिले नै कम्पनीसँग भएको जानी जानी पौडेलसहित प्रतिवादीहरूले वार्षिक ५ प्रतिशत छुटसहितको एएमएसी सेवा प्रतिकूल हुनेगरी एसियाइन्फोसँग अस्वभाविक मूल्य कायम गराएको आरोप अख्तियारको छ ।
उनीहरुले २ करोड ५ लाख अमेरिकी डलरमा एएमसी सेवा खरिदका लागि सम्झौता गरेका थिए ।मूल सम्झौताअनुसार वार्षिक एएमसीबापतको रकम ३४ लाख ७२ हजार अमेरिकी डलर हुन्थ्यो ।
तर, दोस्रो वर्ष एएमसी सेवा खरिद गर्दा ४ वटा पूरक सम्झौता गरी ३५ करोड ८६ लाख अमेरिकी डलरमा एएमसी सेवा खरिद गरेको देखिएको अख्तियारको आरोप छ । यस्तै दोस्रो वर्ष एएमसी सेवा खरिद पश्चात थप दुई पूरक सम्झौता भएका थिए ।
जसमा वार्षिक रूपमा छुटसहितको ५ वर्षको एएमसी सेवा खरिदका लागि २०७८ असोज ६ गतेको बैठकको आधारमा १ करोड ६० लाख अमेरिकी डलर लग्नुपर्नेमा २ करोड ५ लाख अमेरिकी डलरमध्ये नयाँ विशेषता र तालिमको रकमबाहेक एएमसी वापत १ करोड ८५ लाख अमेरिकी डलर लगेको देखिएको अख्तियारको ठहर छ ।
यसरी उनीहरुले २४ लाख ४३ हजार अमेरिकी डलर अर्थात् ३३ करोड ४८ लाख नेपाली रुपैयाँ हिनामिना हानीनोक्सानी गरे गराएको देखिएको आरोपपत्रमा अख्तियारले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण