अभिनेत्री ऋचाले ल्याइन् ‘चलचित्र टिभी’
काठमाडौं । अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप सार्वजनिक गरेकी छन् । उनले सीमित पैसामा टिभी हेर्न मिल्ने ‘चलचित्र टिभी’ नामक सो एप सार्वजनिक गरेकी हुन् ।
एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपबाट नयाँ तथा पुराना नेपाली फिल्महरु हेर्न पाइनेछ । विदेशमा बस्ने र घरमै हरने मानिसहरुको नयाँ नेपाली फिल्म हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याएको अभिनेत्री शर्माले बताइन् ।
शर्माले अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर यो एप संचालनमा ल्याएकी हुन् । एपको सुरुवात उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको दुई फिल्म ‘छ माया छपक्कै’ र ‘छक्का पन्जा ३’ राखेकी छन् ।
फिल्म राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ ।
कोरोनाको कारण फिल्म बजार तहसनहस भएपछि अचेल निर्माता निर्देशक हलको विकल्पको रुपमा डिजिटल प्लेटफर्मलाई हेर्न थालेका छन् । त्यसको लागि ‘चलचित्र टिभी’ उपयुक्त हुने अभिनेत्री शर्माको भनाई रहेको छ ।
‘हलमा प्रदर्शन नभएका र हेर्न नपाएका फिल्म घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढ्ने छ’ उनले थपिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण