मेलम्चीको पानी आउन थप ढिलाइ

काठमाडौं – मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो ।
कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो ।
बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताएका छन् । उनले भने, “असारमा भौतिक काम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षमा सुरुङको परीक्षण र वितरण प्रणालीमा जानेछौँ । ”
बैठकमा छिट्टै नै पानी परीक्षणको प्रक्रियामा जाने उनले बताए । मन्त्री मगरले भने, “प्राविधिक जटिलतालाई सबैले बुझनुपर्छ, चुनौती आउने कुरा स्वभाविक हो । हामी चुनौतीलाई सामना गरेर काम सम्पन्न गर्छौं, जतिसक्दो छिटो मेलम्चीको पानी घरघरमा लैजाने नै हाम्रो प्रयत्न छ । ”
बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थियो । कामको प्राविधिक अवस्थालाई मध्यनजर गर्दै फेरि समय सार्न नपर्ने गरी मिति तोक्नसमेत सांसदले निर्देशन गरेका छन् । समितिकी सभापति कल्याणीकुमारी खड्काले भने, “आयोजनाको वास्तविक अवस्थाबारे र वास्तविक समय कति लाग्छ प्रस्ट भन्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान