मेलम्चीको पानी आउन थप ढिलाइ
काठमाडौं – मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो ।
कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो ।
बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताएका छन् । उनले भने, “असारमा भौतिक काम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षमा सुरुङको परीक्षण र वितरण प्रणालीमा जानेछौँ । ”
बैठकमा छिट्टै नै पानी परीक्षणको प्रक्रियामा जाने उनले बताए । मन्त्री मगरले भने, “प्राविधिक जटिलतालाई सबैले बुझनुपर्छ, चुनौती आउने कुरा स्वभाविक हो । हामी चुनौतीलाई सामना गरेर काम सम्पन्न गर्छौं, जतिसक्दो छिटो मेलम्चीको पानी घरघरमा लैजाने नै हाम्रो प्रयत्न छ । ”
बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थियो । कामको प्राविधिक अवस्थालाई मध्यनजर गर्दै फेरि समय सार्न नपर्ने गरी मिति तोक्नसमेत सांसदले निर्देशन गरेका छन् । समितिकी सभापति कल्याणीकुमारी खड्काले भने, “आयोजनाको वास्तविक अवस्थाबारे र वास्तविक समय कति लाग्छ प्रस्ट भन्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण