कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १३५१
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोभिड १९ का कृयाशिल संक्रमितको संख्या १३५१ पुगेको छ ।
बुधबार थप २७२ जना कोभिड १९ को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३५१ पुगेको हो ।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट थप २०२ , वीर अस्पतालको प्रयोशालाबाट १३ र सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोगशालाबाट ५७ गरी २७२ मा संक्रमण पुष्टि भएको हो ।
यसअघि नै १७६ जना संक्रमित निको भई घर गइसकेका छन् भने ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुस्टि भएकामध्ये कैलालीका ८६ पुरुष, १९ महिला ,कंचनपुर ६९ पुरुष, १६ महिला, अछाम २२ पुरुष , १ महिला, बाजुरा ७ पुरुष, बैतडी ३ पुरुष , १ महिला र डोटी ३८ पुरुष, १० महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको हो ।
प्रदेशमा हालसम्म ११७९६ जनाको पिसिआर बिधिवाट जाँच गरिएकामध्ये १०२६४ को नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
७४२१ को रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भई रहेको उनले बताए । संक्रमितहरु अछाम ९२, बैतडी १७६ , बझाङ्ग ४०, बाजुरा ९९, डडेल्धुरा २०६, दार्चुला १३, डोटी १९०, कैलाली ५१४, कंचनपुर २०२ गरी १५३२ रहेका छन् जसमध्ये १७६ जना निको भई घर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १३५१ रहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले बताए ।
आरडिटी बिधिवाट १०२५०८ जनामा परिक्षण गरेको छ ।
प्रदेशका विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाईनमा ८६२४५ छन् जसमा २०२६७ पुरुष र ५२५९ महिला रहेको उनले वताए ।
प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद २४ र संक्रमित १३४ गरी १५८ जनाको उपचार भईरहेको उनले वताए ।
५१४ जना भने सामान्य उपचारपछि घर फर्किसकेका उनले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा १२ ,टिकापुर ३९, महाकाली,१३, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, डडेल्धुरा ३४, दार्चुला १ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण