आयुष्मानको पिठ्युमा चढेको तस्बिर सार्वजनिक गर्दै प्रियंकाले लेखिन्, ‘जिम बन्द छ, तर नो प्रोब्लम’
काठमाडौं – इन्गेजमेन्ट, ब्याजलर पार्टी होस् वा विवाह समारोह । हरेक पलमा विशेष तवरबाट प्रस्तुत हुँदै आएका प्रेम जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले विवाहपछिका दिनहरु पनि विशेष तवरबाट बिताइरहेका छन् ।
गत फागुन १५ गते लगनगाँठो कसेको यो जोडीको विवाह लगत्तै हनिमुनको तयारी हुँदै थियो । तर, कोरोनाको त्रास र त्यसपछि श्रृजित लकडाउनको कारण यो जोडी आमनेपाली झै घरभित्रै थुनिन बाध्य भए ।
घरमै थुनिनु परेपनि यो जोडीले विवाह पछिका पलहरु भने घरमै विशेष तवरबाट बिताइरहेका छन् ।
जसको अनुमान उनीहरुले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्बिरबाट पत्ता लगाउन सकिन्छ ।
यो जोडीले कहिले एकअर्काेको टाउकोमा तेल लगाएर मसाज गरेको, कहिले दुवै मिलेर खाना पकाउँदै गरेको, कहिले दुवैले छालाको हेरचाह भन्दै अनुहारमा फेसप्याक दलेको लगायत जीवनका रोमान्टिक पलका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

लकडाउन र त्यसपछिको समय मस्तीसँग बिताइरहेका यो जोडीले एक अर्काेको मद्दतमा एक्सरसाइज समेत गरिरहेका छन् । जुन कुरा प्रियंकाले हालै सार्वजनिक गरेको तस्बिरमा जनाएकी छन् । प्रियंकाले स्टाग्राममा आफुलाई आयुष्मानले बोकेको ‘ह्याप्पी मुड’को एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ,‘जिम बन्द छ । तर, नो प्रोब्लम ।’
प्रियंकाले यो पोस्ट मार्फत जिमखाना बन्द भएपनि घरमै वर्कआउट गर्न सकिने सन्देश मिलेको छ । जसको लागि आफ्नो जोडी सहयोगी बन्न सक्ने उनका आसय रहेको छ ।
प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री पनि हुन् । पछिल्लो समय भने उनले यी काम बिस्तरै कम गर्दै समाजसेवामा आफुलाई अगाडि बढाउदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण