लिभरपुलको ३० वर्ष लामो प्रतिक्षा अन्त्य, चेल्सीसँग सिटी पराजित

प्रिमियर लिगको उपाधि जित्ने लिभरपुलको ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको छ । बिहीबार भएको खेलमा म्यान्चेस्टर सिटी चेल्सीसँग २–१ गोलअन्तरले पराजित भएसँगै लिभरपुल च्याम्पियन बन्ने पक्का भएको हो । योर्गन क्लपको टोलीलाई मात्र एक जीत आवश्यक रहेको थियो । तर, सिटी पराजित भएपछि लिभरपुललाई भेट्टाउन सक्ने सम्भावना अन्त्य भयो ।
लिभरपुलको यो १९ औँ लिग उपाधि हो भने सन् १९८९–९० यताको पहिलो । सहरका मेयरले सबैलाई घरभित्र बस्न आग्रह गरे पनि लिभरपुलका हजारौँ समर्थक एनफिल्डमा खुसियाली मनाउन जम्मा भएका थिए ।
स्काइ स्पोर्टस्सँग कुरा गर्दै क्लपले भने, ‘मसँग कुनै शब्द नै छैन । मैले कल्पना गरेभन्दा यो धेरै हो । यो क्लबसँग च्याम्पियन बन्न अद्भूद हो । मैले ३० वर्ष प्रतिक्षा गर्न परेन । म यहाँ मात्र साढे चार वर्षका लागि थिएँ । तर, यो ठूलो उपलब्धी हो । विशेष गरेर तीन महिनाको ब्रेकपछि हामी फेरि अघि बढ्न सक्छौँ कि सक्दैनौँ भन्ने थियो ।’
लिभरपुलले अझै सिटीले हालिस गरेको सिजनमा १ सय अंकको कीर्तिमान भंग गर्ने अवसर रहेको छ । कीर्तिमनी २८ जीत सहित लिभरपुलको अहिले नै ८६ अंक रहेको छ । ३१ खेलपछि हालसम्म लिभरपुलले एक मात्र खेल हारेको छ भने २ मा बराबरी गरेको छ । कुनै समय लिभरपुलले शीर्ष स्थानमा कीर्तिमानी २५ अंकसम्मको दुरी बनाउन सफल भएको थियो ।
बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग स्तब्ध बन्यो । पहिलो हाफमा क्रिस्चियन पुलिसिचले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको शुरुवातमा नै केभिन डि ब्रुयनाले खेल बराबरी गरे ।
खेलको ७७ औँ मिनेटमा ह्यान्डबल गरेपछि फर्नान्डिन्होले रातो कार्ड पाए । ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई विलायनले गोलमा परिणत गर्दै चेल्सीको जीत सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न