आत्महत्या गर्नुभन्दा केही घण्टा पहिले सियाले शेयर गरेकी थिइन् यस्तो भिडियो
एजेन्सी – टिकटक स्टार सिया कक्कडको आत्महत्याको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् ।
उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
प्रहरीका अनुसार उनले गत बुधबार राति १२ बजे आत्महत्या गरेकी थिइन् । उनको पिताले भोलिपल्ट बिहान ९ बजे उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए ।
@siya_kakkar Teri cute smile te kinna mardi❣️ ##cutesong ##foryou ##tiktokindia ##trending ##viral ##siyakakkar ##fyp @tiktok_india
♬ Cute song - desimusicfactory
उनले आत्महत्याअघि शेयर गरेका भिडियो यतिबेला निकै भाइरल भइरहेको छ । भिडियोमा उनी निकै रोमान्टिक देखिएकी छिन् । भिडियो हेरेर उनी कुनै तनाव वा चिन्तामा थिइन् भनेर पत्ता लगाउन निकै मुश्किल छ ।
@siya_kakkar Na chahat ki kami thi, na chahne valo ki♥️ ##foryou ##tiktokindia ##trending ##viral ##siyakakkar ##fyp @tiktok_india
♬ original sound - diimpledanypaul786
पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका धम्की आइरहेका थिए । यद्यपि, उनको आत्महत्याको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण