ग्रीनविच नेपाली सोसाइटी युके द्वारा बाग्लुङमा राहत वितरण
बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोट-३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।
उक्त कार्यक्रमको संयोजन तथा सहजीकरण नेपाली वेलफेर सोसाईटी युकेले गरेको थियो ।
कोरोनाको कारण श्रमजीवी समूदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।
राहत बितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए भने संस्थाका महासचिव मन्जु भण्डारीले संकटको बेला आफ्नो मातृभूमि प्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन् ।
एनआरएन युकेका सचिव तथा संस्थाका उपाध्यक्ष जीत रानाभाटले आरजीएनएस तथा नेपाली वेलफेर सोसाईटीले गर्दै आइरहेको राहत वितरण स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा मात्र गरिएको हुँदा नेपाल सरकारको एकद्वार प्रणालीलाई थप सहयोग भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण