‘म सपनालाई माया गर्छु’ भनेर विवाहको १० दिनपछि श्रीमतीले छोडिन् श्रीमान्
भारतको बिहारमा एउटा अचम्मको घटना सार्वजनिक भएको हो । यहाँँका एक नवविवाहित त्यतिबेला जिल खाए जब उनकी श्रीमतीले उनलाई आफू एक महिलाको प्रेममा भएको बताइन् ।
घटना विहारको बेगूसरायको हो । यहाँ जून १४ तारिखमा बेगूसरायमा बस्ने अंकित कुमारको राँचीमा बस्ने पूजासँग मागी विवाह भयो । विवाहपछि पूजा आफ्नो श्रीमानसँगै बेगूसराय गइन् तर १० दिनपछि नै उनले श्रीमानसँग बस्न अस्विकार गरिन् ।
पूजाले आफू २ वर्षदेखि सपना नामकी एक महिलासँग समलिङ्गी सम्बन्धमा रहेको र उसैसँग विवाह गर्न चाहेको बताइन् । श्रीमतीको यस्तो कुरा सुनेपछि अंकिताले के गर्ने भनेर ठम्याउनै सकिन्न् तसर्थ यसबारे प्रहरीलाई जानकारी दिइन् ।
त्यसपछि नगर थाना प्रहरीले सबैलाई थाना पुर्याए । पूजाकी प्रेमिका सपना पनि राँचीबाट बेगूसराय पुगिन् र थानामा गएर प्रेमिकासँगै बस्न चाहेको बताइन् ।
सपना र पूजाका अनुसार उनीहरु राँचीको एउटा कपडा पसलमा काम गर्ने गरेको र त्यति नै बेला आफूहरु बीच प्रेम बसेको हो । त्यसपछि यी दुई दुई वर्षसम्म सँगै बसे । यसैबीच १४ जूनमा पूजाको विवाह उनको परिवारले बेगूसरायमा गराइदिए । तर यो विवाहसँग पूजा भने खुसी थिइनन् ।
पूजाका अनुसार उनी सपनालाई प्रेम गर्छिन् र उसैसँग विवाह गर्न चाहन्छिन् । सपना पनि पूजालाई आफ्नी श्रीमती मान्छिन् । घटना सार्वजनिक भएपछि अब ती पुरुषले पनि पूजालाई विवाह बन्धनमा बाँधिन स्वतन्त्र छोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण