बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल – पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल १० रामनगर धागो कारखाना नजिकै गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रामनगरमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती ठोक्कीन गई त्यसमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल ११ कालिकानगरका २१ वर्षिय शुशिल कुँवर र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षिय रोसन गुरुङको मृत्यु भएको हो ।
गुरुङको घटनास्थलमै र कुँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तिका चालक बुटवल–११ प्रतिनगरका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले दुबै सवारी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेका र बाटैमा ट्रक बिग्रिएपछि रोकेर बनाउन लाग्दा पछाडीबाट आएको छोटा हात्ती ट्रकमा ठक्कर खादाँ दुर्घटना भएको बताए ।
छोटा हात्ती र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण