क्यालिफोर्नियाको वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते
अमेरिकाको क्यालिफोर्नियामा रिटेल चेन वालमार्टमा शनिबार भएको गोलीबारीमा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । न्यूयोर्क टाइम्सले शनिबार यसबारे जानकारी दिएको हो । प्रहरीले ३१ वर्षीय हमलाकर्ताको पनि हत्या गरेको जानकारी दिएको छ । वालमार्ट उत्तर क्यालिफोर्नियाबाट करिब १९३ किमि टाढा रेड ब्लफमा छ । प्रत्यक्षदर्शीले त्यहाँ ५०–६० राउन्ड गोलीको आवाज सुनेको जानकारी दिए ।
रेड ब्लफ डेली न्यूज पेपका अनुसार गोलीबारी कर्मचारीको शिफ्ट परिवर्तन गर्ने बेला भएको हो । हमलाकर्ता वालमार्टमा प्रवेश गरेको र गोलीबारी सुरु गरेको बताइन्छ । घटना दिउँसो ३ बजेपछि सुरु भएको हो । करिब साढे ३ बजे प्रहरीलाई यसबारे जानकारी दिइयो । घटनाका बेला वालमार्टमा २ सय कर्मचारी थिए । हमलाबाट बच्नका लागि कतिले आफूलाई स्टोर रुममा पनि बन्द गरेका थिए ।
अधिकारीका अनुसार संदिग्धले कर्मचारी वालमार्टमा प्रवेश गर्ने द्वारमा आफ्नो गाडीले ठक्कर दिएका थिए । ठक्कर पछि गाडीमा आगलागी भयो र हमलाकर्ताले फायरिङ सुरु गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण