पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
आइतबार, १४ असार २०७७, १७ : ४०
कैलाली । कैलाली जिल्लामा कार्यरत पत्रकारका लागि हरिप्रिया फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कैलालीमा पत्रकारहरु कोभिड–१९संक्रमणको उच्च जोखिममा परेको भन्दै फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
पत्रकारलाई मास्क, पीपीइ, फेसवास, फेस सेभर लगायतका सामग्री सहयोग गरिएको हरिप्रिया फाउण्डेशनका अध्यक्ष क्षितिज भण्डारीले बताए ।
कैलालीमा कार्यरत ३० भन्दा बढी पत्रकारलाई सो सामग्री सहयोग गरेको उनले बताए ।
राहत सहयोग वितरणमा नेपाल पत्रकार महासंघका कैलाली जिल्ला अध्यक्ष जगत साउद, नेपाली काँग्रेसका युबा नेता नृप सुनार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भरत शाह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसदीय समितिको सभापतिमा जुटेन सहमति
-
विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल
-
भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई
-
हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री
-
संसद्को अवरोध हट्ने नेताहरूको दाबी