शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाको वाल्मार्टमा गोली चल्यो, २ जनाको मृत्यु, ४ घाइते

आइतबार, १४ असार २०७७, २२ : १४
आइतबार, १४ असार २०७७

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वाल्मार्टका कामदार र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । 

अर्ध–स्वचालित बन्दुकबाट जथाभावी गोली चलाएका उनलाई प्रहरीले तत्कालै प्रतिकार गरेको र उनी प्रहरीको गोलीबाट मारिएको टेहामा काउन्टीका प्रहरी अधिकृत फिल जोन्स्टनले बताए।

प्रहरीले आक्रमणकारीको पहिचान खुलाएको छैन, तर प्रहरी अधिकृत जोन्स्टनले ती व्यक्ति रेड ब्लफ क्षेत्रकै बासिन्दा रहेको बताए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप