आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य
८० र ९० को दशकको फिल्ममा बाल कलाकारको रुपमा काम गरिसकेका नायक जावेद हैदरलाई लकडाउनले अत्यधिक पिरोलेको छ । काम नपाएका कारण जावेद तरकारी बेच्न बाध्य भएका छन् । जावेदको स्थितीबारे त्यतिबेला थाहा भयो जब डली बिन्द्राले उनको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरे । टिकटकमा बनेको यो भिडियोमा जावेद गीत बजाउँदै, लिपसिङ गर्दै, तरकारी बेचिरहेको देखिएका छन् ।
थुप्रै कलाकार जुधिरहेका छन्ः
जावेद यस्ता पहिलो अभिनेता होइनन् जसलाई लकडाउनले अत्यधिक प्रभावित पारेको छ । यसअघि राजेश करीरले पनि एक भावुक भिडियो सेयर गर्दै मद्दत मागेका थिए । भिडियो भाइरल हुनेबित्तिकै राजेशले आर्थिक मद्दत पाउन थालेका थिए ।
बाल कलाकारको रुपमा फिल्म बाप नम्बरी बेटा दस नम्बरीमा कादर खानका छोराको रुपमा पनि उनी देखेका थिए । यसबाहेक उनलाई आमिर खानको फिल्म गुलाम र बाबरमा पनि देखिएको थियो । टिभी शो जीनी और जूजू, लाइफकी ऐसी की तैसीमा पनि देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण