नेपाल प्रवेश गर्यो सलहको ठूलो झुण्ड
काठमाडौँ । भारतबाट सलह किराको ठूलो झुण्ड नेपाल प्रवेश गरेको कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ । भारतको विहार तथा युपीको सीमा क्षेत्रमा किसानको बालीलाई क्षति गरिरहेको र त्यसैमध्ये केही झुण्ड नेपाल भित्रिएको हुनाले नेपालमा पनि बाली क्षति गर्न सक्छ भनेर किसानलाई सतर्क गराउनुको साथै प्रदेश तथा स्थानीय तहका कृषि प्राविधिकहरुलाई सक्रिय गरिएको छ ।
सलहको बारेमा जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको सूचना केन्द्रमा रहेका रामकृष्ण सुवेदीले भने, ‘हिजो साँझ भारतबाट ठूलो झुण्ड कपिलवस्तु छिरेको खबर हामीलाई प्राप्त भएको छ । कपिलवस्तुको मौसम खराब भएको कारणले तिनीहरु त्यति उडेको देखिएको छैन । पिपलको बोटमा बसेको छ, त्यसैबाट केही टुक्रा अरु ठाउँ पनि उडेर गएको अनुमान पनि गरिएको छ ।’
त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताउँदै उनले मौसमका कारण बालीमा नोक्सान नगर्न पनि सक्ने सम्भावना रहेको तर ढुक्क रहने अवस्था नरहेको बताए ।
प्लान्ट क्वारिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रा वरिष्ठ बाली संरक्षण अधिकृत एवं सलह नियन्त्रण तथा रोकथामका लागि गठन भएको प्राविधिक कार्यदलका सदस्य महेशचन्द्र आचार्यले पनि भारतबाट सलह किरा प्रवेश गरेको खबर प्राप्त भएको र त्यो कहाँ कहाँ पुगेको छ भनेर ट्रेसिङ गर्ने कार्य भइरहेको बताए ।
हिजो कपिलवस्तुको तौलियहवा र सिन्धुलीको सन्धीखर्कको आकाशमा उडेको भेटिएको खबर आएको र त्यो झुण्ड अहिले कहाँ गयो भनेर त्यसको खोजी कार्य भइरहेको उनले बताए ।
भारत विहारको सीमा क्षेत्रमा सलह किराले त्यहाँको किसानको बाली नोक्सानी गरिरहेको सूचना पनि आफूहरुले प्राप्त गरेको बताउँदै नेपालको सीमा क्षेत्रमा किसानलाई सतर्क रहन पनि सचेत गराएको बताए ।
भारतको सीमा क्षेत्रमा रहेको ठूलो झुण्ड कुनै पनि बेला नेपाल पस्न सक्छ भनेर सबैतिर अलर्ट रहन भनिएको बताउँदै उनले भारत विहारको पूर्वी चम्पारणमा बाली नोक्सान गरिरहेको सलह किरालाई नियन्त्रण गर्ने प्रयास त्यहाँको सरकारले गरिरहेको सूचना पनि प्राप्त भएको बताए । भारतको अन्य कुन–कुन ठाउँमा सलह पुगेको छ त्यसको बारेमा पनि आफूहरुले जानकारी लिइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण