अख्तियार विधेयक सच्याउन प्रधानमन्त्री तयार
काठमाडौं । निजी क्षेत्रका गतिविधिहरुको अनुसन्धान समेत अख्तियार दुरुपयोग अनुसान्धान आयोगले गर्न पाउनेगरी गरिएको व्यवस्था संशोधन हुने भएको छ ।
नेपाल उद्योग परिसंघको १७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई हेर्ने अन्य विभिन्न निकायहरु रहेको भन्दै त्यसलाई अख्तियारले हेर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । उनले निजी क्षेत्रको माग अनुसार नै सो विधयकलाई स्थगित गर्नेनिर्णय गरेको समेत बताए ।
‘निजी क्षेत्रका काम कारबाही र अन्य व्यवसायजजय कुराहरलाई नियमन गर्ने थुप्रै निकाय हुँदाहुँदै अख्तियार किन चाहियो भन्ने तपाइँहरुको भनाई र असहमतिलाई हामी स्वीकार गर्छौं, हाललाई सरकारले यसलाई अघि बढाउँदैन, तपाइँहरुको मागलाई पुनर्विचार गर्छ’ ओलीले भने ।
उनले विश्वमा निजी क्षेत्रले गर्दै आएका असल अभ्यासहरुलाई सिकेर नेपालमा लागु गराउने परिसंघको प्रयास सकारात्मक भएको भन्दै उद्योगीहरुको एउटै मात्रै छाता संगठन बनाउन जोड समेत दिए । ‘उद्योगको क्षेत्रमा, व्यवसायको क्षेत्रमा एउटै मात्रै मजबुत संस्था होस् र त्यसअन्तर्गतका संस्थाले साझा विषयहरुलाई साझा प्रायससहित अघि बढाउनु राम्रो हुन्छ’ ओलीले भने ।
सन् २००२ मा स्थापना भएका परिसंघले अहिले १७ औं साधारणसभा आयोजना गरेको हो । वार्षिक रुपमा साधारणसभा हुने भए पनि नेतृत्व भने अर्को कार्यकालमा मात्रै परिवर्तन हुनेछ । २÷२ वर्षमा परिसंघको नेतृत्व परिवर्तन हुने प्रावधान अनुसार अघिल्लो वर्ष अध्यक्षमा सतीशकुमार मोर चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण