त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण
मङ्गलबार, १६ असार २०७७, १६ : ३९
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिशुमा संक्रमण देखिएको अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले जानकारी दिए । ४५ दिने शिशुलाई श्वास–प्रश्वासमा समस्या आएपछि आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरिएको समेत उनले बताए ।
‘४५ दिने शिशुको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण पठाएका थियौं ’ उनले भने– ‘आकस्मिक उपचार गर्नुपर्ने भएकाले पिसिआरको नतिजा कुरेनौं ।’ शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको उनले बताए । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण