त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण
मङ्गलबार, १६ असार २०७७, १६ : ३९
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिशुमा संक्रमण देखिएको अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले जानकारी दिए । ४५ दिने शिशुलाई श्वास–प्रश्वासमा समस्या आएपछि आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरिएको समेत उनले बताए ।
‘४५ दिने शिशुको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण पठाएका थियौं ’ उनले भने– ‘आकस्मिक उपचार गर्नुपर्ने भएकाले पिसिआरको नतिजा कुरेनौं ।’ शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको उनले बताए । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची